मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो १:५९ Sunday, November २२, २०२६

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, पाँच ओटा कार्यसूचीको तय

शेयर१७.९K०

गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो २ बजेबाट प्रदेश सभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ । बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ, भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।

अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१७.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।