मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो १:५९ Sunday, November २२, २०२६

गाडीका नक्कली पार्टपूर्जा कारोबारको आरोपमा एक जना पक्राउ

शेयर२.२K०

अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको हो ।

प्रहरीले पोतेको पसल र १० वोटा गोदाममा सिलबन्द गरी उनलाई पक्राउ गरेको हो । उनी यस अगाडि पनि बारम्बार राजस्व ठगीमा पक्राउ परी कारबाहीमा परेका व्यक्ति हुन् ।

यस्ता नक्कली पार्टपूजाहरूका प्रयोगले गाडीहरुको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षति हुनुको साथै राजश्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै, वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाटै पलायन हुने अवस्थामा पुग्न सक्छन् । प्रहरी प्रशासनले देशभर यस्था अवैध कारोबारमा संलग्न व्यक्तिहरू‌को व्यापक खोजी कार्य र कारबाहीलाई तीव्र बनाउने जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।