सञ्चारकर्मी तथा गायक पवन भण्डारीको नयाँ डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पवन भण्डारी अफिसियल युटुब च्यानलबाट सोमबार साझ उक्त गित सार्बजनिक गरिएको हो ।
सुदूरपश्चिमेली लोक संस्कृतिमा आधारित यस गीतले दर्शक तथा श्रोतालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
गीतमा स्वर पवन भण्डारी र शोभा थापाको रहेको छ भने लय स्वयं पवन भण्डारीको रहेको छ । शब्द सिर्जनामा लक्ष्मण बोगटी र पवन भण्डारीको सहकार्य रहेको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।
विशेष डिजिटल रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौं बाट रेकर्ड भएको उत्त गितको एरेन्ज बिजय थापा मगरले गर्नु भएको छ ।
सिके कम्युनिकेशन हाउसले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोमा कोपिला सिंह ठकुरी र जित बिसीको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। भिडियोको निर्देशन सुरेन्द्र संगमले गरेका हुन्।भने छायाङ्कन जहित बुढाले गरेका हुन ।
खोरो फुट्यो’ गीतले स्थानीय कला सस्कृती संस्कृति र जीवनशैलीलाई समेट्दै दर्शकको मन जित्ने विश्वास लिएको गाएक पवन भण्डारीले बताएका छन । आठ बर्ष पछि डेउडा क्षेत्रको आगमनले केही आशा पलायको उनले बताए ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।