मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४७ Sunday, November २२, २०२६

दार्चुलाका एक वडा सचिव बैतडीमा मृत भेटिए 

शेयर११.५K०

दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नं २ का वडा सचिव  खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर–२ रौतेउडा घरभएका २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिका हन्  ।

आइतबार  बिहान डडेल्धुरा तालिमका लागि हिंडेका कपाडीको शव र  मोटरसाइकल सोमबार भेटिएको छ । मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको प्रहरीले  बताएको  छ ।

 कपाडी सोमबार  बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिंडेका  पारिवारिका स्रोतले  बताएको  छ ।  कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दार्चुलाका एक वडा सचिव बैतडीमा मृत भेटिए 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।