मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०२ Sunday, November २२, २०२६

टिकापुरमा बाघको आक्रमणबाट एक महिला घाइते

शेयर१०.६K०
टिकापुरमा बाघको आक्रमणबाट एक महिला घाइते

कैलालीको टिकापुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा टिकापुर नगरपालिका वडा नम्बर २ की ३५ वर्षीय फूलकुमारी चौधरी रहेकी छन् । 

उनको पेट र पिठ्यूँमा चोट लागेको छ । उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको टीकापुर प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार बिहान जानकी गाउँपालिका वडा नम्बर ६ को कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । सो क्षेत्रमा बाघले आक्रमण गर्ने घटनाहरू यस अघि पनि हुँदै आएका छन् । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।