मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२८ Sunday, November २२, २०२६

भदौ २७ गते गौ हत्याको विरोधमा राप्रपाले आन्दोलन गर्ने

शेयर१०.१K०
भदौ २७ गते गौ हत्याको विरोधमा राप्रपाले आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए ।

उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरुले देखाउने बताए । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौति दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ । होइन भने ज्यादा फुरफुर नगरौँ । आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौ । राष्ट्रियता, धर्म निरपेक्षताको बिरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ । त्यसको शुरुवात २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौति हो ।’

प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताए । उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताए ।

उनले भने, ‘हिन्दुहरुले मान्दै आएको गाईलाई काटेर ७७ जिल्लामा पु¥याउँछु भन्ने तिनीहरु चाहीँ अतिवादी नहुने ए भाई हो यो हाम्रो आस्था हो । हाम्रो आस्थामाथि तिमिहरुले आक्रमण नगर न त भनेर कसैले कुरा राख्यो भने त्यो चाहीँ अतिवादी हुने । नेपालका केही मिडिया, केही मान्छेले चाहीँ हिन्दु अतिवादी भन्छन् । अतिवादी भनेको अर्काको घरमा गएर ढुंगाले हान्यो । तिनिहरुले मान्दै आएको धर्म, संस्कार जो विदेशी डलरे धर्म छ त्यसमा हामीले गएर भत्काइदिएपछि पो अतिवादी हुन्छ त । उनीहरु नै हाम्रो धर्म, संस्कार मास्छु भनेर आउने । हामीले मान्दै आएको गौमाताको हत्या गर्ने । अझ हामीलाई अतिवादी भन्ने ? तिनीहरु अतिवादी पनि हुन् । आतंकवादी पनि हुन् । अतिवादी र आतंकवादीलाई ठिक कसरी बनाउनुपर्छ भन्नेकुरा हामीलाई थाहा छ । राम्रोसँग ज्ञान छ । आतंकवादीहरु कसरी तह लागे नेपालमा त्यो कुरा प्रष्ट इतिहासले देखाएको छ । अतिवादी र आतंकवादले देश बन्दैन ।’

उनले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।