मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२१ Monday, November २३, २०२६

बर्दगोरियामा तिज नृत्य प्रतियोगिता हुने 

शेयर९.२K०

पर संस्कृतिमा न्यूनीकरण तिज गीतमा मौलिक जागरण भन्ने मूल नाराका साथ बर्दगोरियाको बौनियाँमा अन्तर विद्यालय तिज नृत्य प्रतियोगिता हुने भएको छ । असोज १ गते प्रतियोगिता सञ्चालन हुने आयोजक बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जनाएको छ । 

हिन्दु नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा मौलिकताको खोजी गरिने छ । पछिल्लो समय तिज संस्कृतिमा विकृति भित्रिएकाले त्यसको न्यूनीकरण गर्ने उद्देश्यले मौलिकपनको नृत्य आयोजना गरिएको मञ्चका अध्यक्ष एवम् मूल आयोजक समिति संयोजक भरत ताम्राकारले जानकारी दिए । प्रतियोगितामा करिब २० विद्यालयको सहभागिता हुने अपेक्षा गरिएको छ । 

प्रतियोगिताको विजेताले नगद ७ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्वितीय र तृतीयले क्रमशः. नगद ४ हजार ५ सय र २ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।