मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१८ Monday, November २३, २०२६

पत्रकार अक्षयकोष स्थापनार्थ चौतारी साँझ हुँदै

शेयर१०K०
पत्रकार अक्षयकोष स्थापनार्थ चौतारी साँझ हुँदै

प्रेस चौतारी नेपाल कैलाली शाखाको आयोजनामा चौतारी साङ्गीतिक साँझ हुने भएको छ । पत्रकारहरूका लागी अक्षयकोष स्थापनार्थ असोज ६ गते कार्यक्रम हुने भएको हो । 

कार्यक्रममा बद्री पङ्गेनी, समीक्षा अधिकारी, राजा राजेन्द्र पोख्रेल, लालबहादुर धामी (अछामी बड्डो) सोनु कुस्मी, रामप्रसाद अवस्थी लगायतका कलाकारहरूको प्रस्तुति हुने चौतारी अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए । “प्रमोद खरेल ज्युलाई पनि ल्याउने योजना हो । उहाँ विदेश कार्यक्रममा रहेकाले समय अभाव हुने देखिएको छ । यद्धपी कुरा चलिरहेको छ । समय मिले सम्म हामी प्रयासरत छौ ।” उनले भने । 

पत्रकारहरूको अक्षयकोष स्थापना गर्ने प्रमुख लक्ष्य आफ्नो रहेको पनि उनले जानकारी दिए । उनले भने,… “अक्षयकोष स्थापना गर्छौ भनेर सहयोग उठ्दैन । यो कार्यक्रम मार्फत बचेको रकमबाट अक्षयकोष स्थापना गर्ने हाम्रो प्रमुख लक्ष्य हो । अझ भनौँ न आपत् विपथमा परेका पत्रकार साथीहरूलाई केही सहयोग गर्न सकिन्छ की भनेर कोष खडा गर्न खोजेका हौ ।” कार्यक्रम असोज ६ गते दिउसो ३ बजे देखी राती १० बजे सम्म सञ्चालन हुने छ । त्यसका लागी तयारी तीव्र पारिएको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।