मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५३ Sunday, November २२, २०२६

नगरवासीलाई दाहसंस्कार खर्च ५ हजार संगै शवबाहन र एम्बुलेन्स निःशुल्क

शेयर१२.६K०
नगरवासीलाई दाहसंस्कार खर्च ५ हजार संगै शवबाहन र एम्बुलेन्स निःशुल्क

कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख गोपाल हमाल नेतृत्वको उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताए ।

सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।