मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०४ Sunday, November २२, २०२६

तिज नृत्य प्रतियोगिताको विजेता बन्यो बालबाटिका 

शेयर११.१K०
तिज नृत्य प्रतियोगिताको विजेता बन्यो बालबाटिका 

कैलालीको बर्दगोरियामा सम्पन्न पालिका स्तरीय तिज नृत्य प्रतियोगिताको विजेता नवलपुर बालबाटिका विद्या मन्दिर बौनियाँ बनेको छ । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान भने क्रमशः आदर्श सामुदायिक विद्या मन्दिर बौनियाँ र महुन्याल माध्यमिक विद्यालय बासकोटीले हासिल गरेका छन् । 

प्रथम स्थान हासिल गर्ने बालबाटिकाले नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो बनेको आदर्श सामुदायिकले नगद ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र र तेस्रो  बनेको महुन्याल माध्यमिक विद्यालयले नगद २ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चको आयोजनामा भएको प्रतियोगितामा पालिका भरीका ९ विद्यालयको सहभागिता रहेको थियो । 

पुरस्कार वितरण गर्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लाल्दीप) ले संस्कार र संस्कृति संरक्षणका लागी यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने बताउँदै सरकार यस विषयमा गम्भीर बनेर लागी परेको बताए । 

कार्यक्रमको समापन गर्दै बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष भरत ताम्राकारले यो अभियानलाई सिरिजका रूपमा अघि बढाउने योजनामा रहेको बताए । कला साहित्यको संरक्षण, उजागर र व्यवहारिक बनाउन यो संस्था निरन्तर रूपमा अग्रसर बनेको पनि उनले बताए ।  

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।