मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५६ Sunday, November २२, २०२६

शान्ति दिवसको अवसरमा आदर्श स्काउटद्वारा विविध कार्यक्रम सम्पन्न 

शेयर९.२K०

कैलालीको बर्दगोरियामा रहको आदर्श स्काउट दलले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको छ । आदर्श सामुदायिक विद्या मन्दिर बर्दगोरियामा रहेको आदर्श स्काउट दलले सो अवसरमा विविध कार्यक्रम गरेको छ ।

बिहीबार स्काउट दलले बौनिया बजारमा शान्ति ¥याली, सहारा घरमा रहेका असहायलाई जुस वितरण र ज्येष्ठ नागरिक मिलन केन्द्रमा कटहरका बिरुवा रोपेर दिवस मनाएको हो । वृक्षारोपण कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै गौतमले लागू औषध दुर्व्यसनीबाट बालबालिकालाई टाढा राख्न हरेक विद्यालयले विद्यार्थीलाई  सामाजिक काममा सक्रिय बनाउनु पर्ने बताए । आदर्श स्काउट दलका विद्यार्थीलाई धन्यवाद दिँदै उनले पालिकाका हरेक विद्यालयमा स्काउट दल स्थापनाका लागि पहल गर्ने बताएका छन् । आदर्श सामुदायिक विद्या मन्दिरमा रहेको आदर्श स्काउट दल बर्दगोरिया भरिकै विद्यालय स्तरीय पहिलो स्काउट दल हो । यसले विभिन्न अवसरहरूमा विविध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।