मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५४ Monday, November २३, २०२६

अछामका दुई प्रहरी भवनको उद्घाटन, गुणस्तरीय सेवा दिन डीआईजी बोहराको निर्देशन

शेयर९.४K०

 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले अछाममा दुई वटा नवनिर्मित भवन उद्घाटन गरेका छन ।

जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित प्रहरी चौकी सिउँडी र बान्नीगढी जयगढ गाउँपालिका–३ स्थित प्रहरी चौकी जयगढको नयाँ भवन सोमबार एक कार्यक्रमबीच डिआइजी बोहोराले उद्घाटन गरेका हुन ।

नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डीआईजी बोहराले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधनहरुको भरपुर प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । सुदूरपश्चिम प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी कार्यालय, मेश तथा शौचालय भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवन यसअघि नै सेवा दिन थालिए पनि सोमबार मात्रै औपचारिक रुपमा उद्घाटन गरिएको हो । सो कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणी गिरी, प्रहरी उपरीक्षकहरु, प्रहरी कर्मचारी, गाउँपालिकाका जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।