मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२५ Monday, November २३, २०२६

राति राति खाेलामा अवैध उत्खनन् गर्ने चार ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

शेयर११K०

कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया खाेलामा अवैध रूपमा नदिजन्य वस्तु उत्खनन गरिरहेकाे अवस्थामा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मंगलबार राति सवा २ बजेकाे समयमा गोदावरी नगरपालिका-९ सेहरी र मुरकट्टी स्थित खुटिया खोलामा अवैध उत्खनन गरिरहेका ट्याक्टर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे हाे ।

ईप्रका मालाखेतीकाे प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले अवैध रूपमा ढुंगा र बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार भे १ त ६०२२, सु.प्र.प्र. ०१००२ त ५३१८, से १ त ७४९६, सु.प.प्र. ००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्राली सहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली मात्र नियन्त्रणमा लिइएकाे बताए ।

नियन्त्रणमा लिइएका ट्याक्टरमाथि अनुसन्धान गरेर आवश्यक कारवाही गरिने प्रहरीले जनाएकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।