मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०३ Sunday, November २२, २०२६

सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा अख्तियारको चासो 

शेयर९.१K०

सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । सचिवालयको भवन मर्मतमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो ।

साबिकमा जिल्ला विकास समितिको कार्यालय रहेको हालको प्रदेश सभा सचिवालय भवनलाई केही समय अघि मर्मत तथा रङ रोगन गरिएको थियो । सो काममा जथाभाबी खर्च गरी आर्थिक अनियमितता गरेको दाबी सहित अख्तियारको महेन्द्रनगर कार्यालयमा उजुरी परेको थियो ।

उक्त कार्यसँग सम्बन्धित सबै कागजात यस अघि नै नियन्त्रणमा लिएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी वसन्त शाहीले उजुरी माथि छानबिन भइरहेको र स्थलगत प्राविधिक नाप जाँच समेत भएको जानकारी दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।