मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०९ Monday, November २३, २०२६

कञ्चनपुरमा लागु औषध सहित २ जना पक्राउ 

शेयर९.४K०

कञ्चनपुरमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० बस्ने २२ वर्षीय दीपक चौधरी र वडा नम्बर ८ बस्ने ३३ वर्षीय सागर ठगुन्ना रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट १ ग्राम ७ सय ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ समेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडा कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार साँझ सागर ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा शङ्कालागि चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।