मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४७ Sunday, November २२, २०२६

गाँजो काट्न गएकी बझाङ्गी महिलाको गयो ज्यान

शेयर१२K०

बझाङमा गाँजो अर्थात् खर काट्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ की ४५ वर्षीय गौमती देवी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शनिवार बिहान गाँजो काट्न घरबाट निस्केकी उनी बिहान ६ बजे नै भीरबाट लडेकी थिइन । भीरबाट करिब ३ सय मिटर तल खसेकी उनको घटना स्थलमै ज्यान गएको बझाङ प्रहरीले जनाएको छ । शव पोस्टमार्टम काम चलिरहेको र घटनाको थप अनुसन्धान समेत भइरहेको बुझिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।