मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४० Monday, November २३, २०२६

प्रहरीद्वारा कैलालीमा ५ लाख बढीका अवैध सामान नियन्त्रणमा

शेयर९.६K०

कैलालीमा भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीबाट ५ लाख २ हजार २ सय १५ रुपैयाँ मूल्य बराबरका सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

वडाबाट खटिएको प्रहरी टोलीले से १ ह २१८६ नम्बरको अटो रिक्सामा लुकाएर राखिएको अवस्थामा महिला र पुरुषमा कपडाहरू नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार सामान सहित अटो रिक्सालाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।