मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४१ Sunday, November २२, २०२६

माओवादीले गर्‍यो घोडाघोडीको चर्को रोयल्टीको विरोध 

शेयर१३.५K०
नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिकाको चर्को रोयल्टीको विरोध गतेको छ । नदीजन्य पदार्थको राजस्व गत आर्थिक वर्ष २०७९/०८० भन्दा चालू आर्थिक वर्ष २०८०/०८१ मा दोब्बरले वृद्धि भएको विरोधमा मङ्गलवार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
घुमाउरो पारामा चर्को शुल्कको मारमा जनता नै पर्ने भएकाले नगर सरकारले जनताको समस्या प्रति जिम्मेवार बन्न अनुरोध गरिएको छ । “स्थानीय सरकारबाट नागरिकले सुलभ सेवाको प्रत्याभूत गर्न पाउनु पर्छ । तर नगर सरकारले यो मूल्य र मान्यता विपरीत यसरी चर्को कर असुल्ने धन्दामा छ । जनतालाई कर थुपार्ने कुरा हाम्रो पार्टीलाई मान्य छैन । यथाशीघ्र चर्को कर हटाउन सम्बन्धित निकायसँग माग गर्दछौ ।” माओवादी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालद्वारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ ।
माओवादीले गर्‍यो घोडाघोडीको चर्को रोयल्टीको विरोध 
नगर सरकारले शुल्क नघटाए आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्दै माओवादीले आम  नगरवासीलाई समर्थनका लागि अनुरोध समेत गरिएको छ । गत वर्ष प्रति ट्रली ६ सय राजस्व बुझाएकाहरूले यस वर्ष प्रति ट्रली १ हजार २ सय बुझाएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।