मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५२ Sunday, November २२, २०२६

घोडाघोडीको रामपुरबाट ट्याक्टर सहित अवैध काठ बरामद

शेयर१०K०

कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुर बाट ट्याक्टर सहित दश गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित दश गोलिया सालको काठ बरामद गरेको हो ।

से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए । तस्करहरूले काठ रामपुरमा रहेको मिलमा लिन खोजको बुझिएको छ । ट्याक्टर छोडेर फरार भएका तस्करहरूको खोजी कार्य भई रहेको डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।