मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५७ Sunday, November २२, २०२६

योनीमा ड्रग्स ओसार्ने युवती प्रहरी फन्दामा

शेयर८.१K०

धनगढीमा शुक्रवार ड्रग्ससहित एक युवती पक्राउ परेकी छन्।

 योनीभित्र ड्रग्स ल्याइरहेको अवस्थामा ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले ती युवतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलकी २० वर्षीय अनुस्का सिंह ठकुरी रहेको प्रहरीले बताएको छ। उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हिरोइन बरामद गरिएको हो। त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागु औषध निकालेको थियो। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।