मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०३ Monday, November २३, २०२६

सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानीले बालीनाली सखाप

शेयर८.४K०

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परेको असिनाले बालीनाली सखाप पारेको छ। आइतबार साँझ डडेलधुरा, डोटी र बैतडी र दार्चुला जिल्लामा परेको असिनाले भित्र्याउने अवस्थामा रहेको बाली सखाप पारेको किसानहरुले बताएका छन्।

 

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको दार्चुलाको महाकाली नगरपालिकाका स्थानिय किसान नरेशसिंह कुँवरले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ।

 

आइतबार दिनभरि मौसम सफा रहे पनि साझँपख असिनासहित वर्षा भएको थियो। वर्षाका कारण काटेर सुकाएको खर घाँसमा समेत क्षति भएको बैतडीको दोगडाकेदारकी अन्जु भाटले बताइन्। हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।