मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२५ Monday, November २३, २०२६

इजरायलमा ज्यान गुमाएकाको शव कैलाली पुग्यो,नारायणको शव बुझ्न परिवार संगै मेयर रावत पुगे धनगढी

शेयर११.२K०

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरु मध्ये काठमाडौँ ल्याएका चार जनाको शव धनगढी लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल ल्याइएको हो । दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा जोशीपुर गाउँपालिका–५ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।

आज साँझ साढे ५ बजे तिर चार वटै शवलाई धनगढी विमानस्थलले आफन्तहरूलाई  शव बुझाएको थियो । शव बुझ्न विभिन्न आफन्त लगायत विभिन्न व्यक्तिहरूको विमानस्थलमा उपस्थिति रहेको थियो । घोडाघोडी–४ का नारायणप्रसाद न्यौपानेको शव बुझ्न नगरपालिकाको गाडी लगेर नगर प्रमुख खडक बहादुर रावत सहित मृतका आफन्तहरू धनगढी विमानस्थलमा पुगेका थिए । शव बुझ्दै नगर प्रमुख खडक बहादुर रावतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण गर्दै नगर प्रमुख रावतले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे । शव  बुझ्दै गर्दा मेयर लगायत मृतकका आफन्तहरूका आँखा रसाएका थिए । नारायणप्रसाद न्यौपानेको दाहसंस्कार भोली हुने परिवार स्रोतले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरू गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।