मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०१ Monday, November २३, २०२६

कैलालीमा ५८ हजार नगद सहित ७ जुवाडे खोरमा

शेयर८.८K०
कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ परेका छन् । स्थानीय विकाश पौडेलको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा ५२ वर्षीय हर्ष बहादुर रोकाया, ६६ वर्षीय गणेश खत्री, ३३ वर्षीय विष्णु घर्तिमगर, ३२ वर्षीय कृष्ण खत्री, ३९ वर्षीय लाल बहादुर सिंह, ३४ वर्षीय विकास पौडेल र २६ वर्षीय राहुल गुप्ता रहेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।