मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:२१ Sunday, November २२, २०२६

मध्यरातमा सुखडबाट ६३ हजार नगद सहित ४ जुवाडे पक्राउ

शेयर१०.५K०

 

कैलालीको घोडाघोडी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ४ जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्यराती करिब २ बजे पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।