मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४९ Sunday, November २२, २०२६

दोदोधरा अस्पतालले सुरु ग¥यो एक्स-रे सेवा

शेयर१०.५K०
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालले एक्स-रे सेवा सुरु गरेको छ । ओपिडी, ल्याब तथा फार्मेसी सेवा यस अघि नै सञ्चालन गरेको अस्पतालले सोमबारबाट एक्स-रे सेवा सञ्चालन गरेको हो ।
“एक्स-रे सेवा पहिल्यै सुरु गर्ने तयारीमा थियौ । प्राविधिक कारणले जडानमा अलि समय लाग्यो । अब एक्स-रे गर्नका लागि बिरामीले बाहिर जानु पर्ने बाध्यता हट्यो ।” पालिकाका स्वास्थ्य शाखा संयोजक मीनबहादुर धामीले भने ।
जनताको घर आँगनमै स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले आफ्ना सेवाहरू थप  विस्तार गर्दै गएपछि आम नागरिकहरू समेत प्रभावकारी स्वास्थ्य सेवा पाइने भन्दै खुसी भएका छन् । अस्पतालले निःशुल्क औषधी वितरण सँगै सशुल्कमा समेत विशेष छुट दिँदै सेवा प्रभाव गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।