मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०१ Sunday, November २२, २०२६

राहत बोकेर घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान 

शेयर९.१K०

भूकम्प पीडितहरूलाई राहत बोकेर कैलालीको घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान गरेको छ । ६ लाख बराबरको खाद्यान्न सहित नगरपालिकाको टोली बुधवार साँझ प्रस्थान गरेको जनाइएको छ ।

“जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग समन्वय गरेका छौ । दाल, चामल लगायतका सहयोग बढी आएको छ भन्नु भयो । हामीले आटा बढी लिएका छौ । यो राहत जिल्ला प्रशासनलाई हस्तान्तरण गर्छौ । समस्या पर्दा एक अर्काको सहारा बन्नु पर्छ भन्ने हो ।” नगर प्रमुख खडकबहादुर रावतले भने ।

राहत बोकेर घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान 

मेयर रावत नेतृत्वको टोलीमा नगर प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, ५ का अध्यक्ष लोकबहादुर चन्द, १२ का अध्यक्ष रामदुलारे चौधरी र नगरपालिकाका सूचना अधिकारी एवम् शिक्षा शाखा प्रमुख उमेश रेग्मी पनि सहभागी छन् । बिहीबार प्रशासन मार्फत  राहत वितरण गरेर फर्किने कार्य तालिका रहेको बताइएको छ ।

गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोट सहित पश्चिम रुकुम र सल्यानमा समेत ठुलो धनजनको क्षति गरेको छ । पीडितहरू अहिले पनि राहतको भरमा त्रिपालमुनि त्रासपूर्ण जीवन बाच्न बाध्य छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।