मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५४ Sunday, November २२, २०२६

सुदूरपश्चिम महोत्सव मङ्सिर २२ बाट हुने

शेयर९.५K०

धनगढीमा हरेक वर्ष हुने सुदूरपश्चिम महोत्सव आगामी मङ्सिर २२ गतेबाट सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सवको यो १७ औँ संस्करणको हो ।

महोत्सवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।  “हामीले प्रधानमन्त्री ज्यूलाई भेटेरै महोत्सव उद्घाटनको निम्तो दिएका छौ । उहाँले पनि हाम्रो निम्तो स्वीकार गर्नु भएको छ । यो महोत्सवले कला, संस्कृतिको संरक्षण सँगै समग्र सुदूरपश्चिमको विकासका लागी पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।” अध्यक्ष कुँवरले भने । धनगढीमा मङ्सिर २२ गते देखि सुरु हुने महोत्सव पुस २ गते चल्ने छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।