मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३९ Monday, November २३, २०२६

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा गोष्ठी खिमडिमा सुरु

शेयर९.७K०

कैलालीको मोहन्याल गाउँपालिकामा ३ दिने खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गाउँपालिकाको कार्यालय खिमडिमा हिजो बाट गोष्टि सुरु भएको हो । मोहन्याल गाउँपालिका, भुमी ब्यावस्था कृषि तथा सहकारी मन्त्रालय सुदुरपशिम प्रदेश र राष्ट्रिय योजना आयोगको आयोजना तथा बिश्व खाद्य कार्यक्रम(ध्ँए) र ँब्इ को प्राबिधिक सहयोगमा गोष्टि भईरहेको छ ।

खाद्य सुरक्षा,खाद्य सम्प्रभुता कायम गर्ने उदेश्यका साथ गोष्टिका लागि ७ वटा प्रदेशका ७ स्थानीय तह छनौट गरिएको थियो । जस्मा सुदुरपशिम प्रदेश अन्तर्गत मोहन्याल गाउँपालिका छनौट भएको थियो । गाउँपालिकाको खाद्य अधिकार तथा खाद्य प्राणालीको पञ्चबर्षिय रणनीतिक योजना निर्माण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । बालबालिकामा देखिएको कुपोषण देखि ख्याउटे तथा तौल कम हुने समस्यालाई समेत समाधान गर्न कार्यक्रमको उदेश्य छ ।

मोहोन्याल गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्यायको अध्यक्षतामा उद्घाटन गरिएको गोष्टिमा सुदुरपश्चिम सरकार भुमी ब्याबस्था कृषि तथा सहकारि मन्त्रालय अन्तर्गत खाद्य प्रबर्द्धन महाशाखा प्रमुख हरि प्रसाद पनेरु , सुदुरपशिम सरकार भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्रीका निजि सचिब बिक्रम चौधरी, बिश्व खाद्य कार्यक्रमका रबिन्द्र चन्द, राष्ट्रिय योजना आयोगका महेश खरेलको उपस्थिति रहेको छ  । कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै गाउँपालिकामा आएका सहभागीहरु लाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द ज्युले स्वागत गरेका थिए भने कार्यक्रमको उद्घघाटन सत्रको संचालन रोजगार संयोजक एकेन्द्र भण्डारीले गरेका थिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।