मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१३ Sunday, November २२, २०२६

बिहेमा गएका घोडाघोडीका एक युवकको हत्या

शेयर९.२K०

 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा एक युवकको हत्या गरिएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी का २६ वर्षीय मोहन अधिकारीको हत्या भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आफन्तको बिबाहमा घोडाघोडीबाट प्रतापुर आएका अधिकारीलाई मङ्गलवार राती कुटपिट गरी घाइते बनाइएको र उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रतापपुरका स्थानीय युवा सँगको सामान्य विवादमा अधिकारीको हत्या गरिएको बताइएको छ । घटनामा संलग्न रहेका १४ जनालाई नियन्त्रणमा लिइएको र

थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।