मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:०१ Sunday, November २२, २०२६

लवाङ्गी पूजाको अवसरमा ७३० पशुपंक्षिको बलि

शेयर८.७K०

 

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा आईतबार बिहान पशु पंक्षिको बलि दिइएको छ । लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र सुँगुरको बलि दिइएको हो । ६ सय ८० कुखुरा, ४८ बोका र २ सुँगुर गरी जम्मा ७ सय ३० पशु पंक्षिको बलि दिइएको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्य समितिका संयोजक बुधराम चौधरीले जानकारी दिए ।

विगतमा थारु समुदायले मात्र बली दिँदै आएकोमा पछिल्लो समय गैर थारुहरूले समेत मन्दिरमा बली दिने गरेको भलमन्सा चौधरीले बताए । घोडाघोडी मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानवीय क्षेत्री गर्ने, सङ्कट आई पर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका गुरुवाहरु भनाई छ । समुदायको यस्तो सहकार्यले आपसी भाइचाराको सम्बन्ध कायम हुने तथा सामाजिक सद्भाव समेत मजबुत हुँदै गएको थारु समुदायका अगुवाहरू बत्ताउँछन् ।

लवाङ्गी पूजाको अवसरमा ७३० पशुपंक्षिको बलि

“भाषा,धर्म,कला,संस्कृति के करी सम्मान, घोरीघोरा मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० लागेको थियो । घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा आगामी मसिंर २९ गते देखी पुस १ गते सम्म घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव संचालन भएको थियो ।

लवाङ्गी पूजाको अवसर पारी घोडाघोडी मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ । थारु समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी) मन्दिर भन्ने गर्दछन् । थारु समुदायहरूले घोडाघोडी मन्दिरलाई कुल देउताको रुपमा वर्ष भरी गरेका खेती र जीवन रक्षा लागि थारु समुदायले थारु रीतिरिवाज अनुसार पूजा तथा बलि चढाएपछि नयाँ अन्न भित्र्याएर खाने चलन छ । घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।  लवाङ्गी पूजाको अवसरमा ७३० पशुपंक्षिको बलि

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।