मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:०३ Sunday, November २२, २०२६

घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुदा युवकको मृत्यु 

शेयर८.७K०

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्युु भएको छ।जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ बिशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्युु भएको हो। गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।