मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०५ Monday, November २३, २०२६

फेरिए सशस्त्र प्रहरी बेस क्याम्प बर्दगोरियाका कमान्डर 

शेयर१२K०
कैलालीको बर्दगोरयामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पको नेतृत्व फेरिएको छ । बेस क्याम्पको नेतृत्व सम्हालिरहेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लिली बहादुर चन्दको दार्चुला सरुवा भएको छ ।
उनको ठाउँमा नेतृत्व सम्हाल्न सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यराम पुरी आएका छन् । उनी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्था काठमाण्डौबाट आएका हुन ।
शुक्रवार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँ सरकारले सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको बिदाइ तथा पुरीको स्वागत गरेको छ । आफ्नो कार्यकाल भरी शान्ति सुरक्षाका लागी समग्र बर्दगोरिया गाउँवासीको सहयोग महत्त्वपूर्ण भएको डिएसपी चन्दले बताए । यस्तै डिएसपी पुरीले गाउँ सरकार, राजनीतिक दल, आम सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
डिएसपी चन्दले आफ्नो कार्यकाल भरी शान्ति र सुरक्षाका लागी महत्त्वपूर्ण काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले नव आगन्तुक डिएसपी पुरीबाट पनि सोही अपेक्षा गरेको र आफू सधैँ सहयोगका लागी तयार रहेको बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।