मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०७ Monday, November २३, २०२६

घोडाघोडीबाट महिना दिन देखि एक वृद्ध बेपत्ता

शेयर८.९K०
कैलालीको घोडाघोडी नगरपालिकाबाट एक वृद्ध बेपत्ता भएका छन् । गत कार्तिक २१ गते देखि हराएका उनी अझै सम्पर्कमा आएका छैनन् ।
[spacer height=”30px”]
अछामको मेल्लेख गाउँपालिका ५ सरानी घर भई विगत १ वर्ष देखि घोडाघोडी नगरपालिका ६ बसन्ता बस्दै आएका ७२ वर्षीय सर्पे खड्का बेपत्ता भएका हुन । मानसिक सन्तुलन खासै ठिक नभएका उनी कार्तिक २१ गते स्थानी साडेपानी बजार जान भनी बिहान ८ बजे घरबाट निस्केका थिए । त्यस यता उनी परिवारको सम्पर्कमा आएका छैनन् ।
[spacer height=”30px”]
“आफ्नो नाम बताउनु हुन्छ तर ठेगाना बताउन सक्नु हुन्न । म काटे गाउँको खड्का हुँ हजुर, खान दिई हल, बस्न दिई हल भन्नू हुन्छ । एक ठाउँमा बस्न सक्नु हुन्न अनि आफू हिँडेको बाटो पनि बिर्सिहाल्नु हुन्छ । म कामको सिलसिलामा भारतमा छु । बुबालाई खोज्न आएको कुनै अत्तो पत्तो लाग्दैन ।” उनका छोरा हरिस खड्काले भने ।
[spacer height=”30px”]
उनलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा ९८६८५१७५०८ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।