मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३१ Monday, November २३, २०२६

घोडाघोडी जेसिजको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

शेयर९K०

कैलालीको घोडाघोडी जेसिज शाखाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी जेसिज वर्ष २०२३ का अध्यक्ष भरत भट्टराईले नयाँ वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्दलाई पद हस्तान्तरण गरेका हुन । पद हस्तान्तरण पश्चात् अध्यक्ष सहित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।घोडाघोडी जेसिजको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्नपुस १३ गते शुक्रवार शाखाको दोस्रो अधिवेशनले दीपक बहादुर चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको थियो । जसको कार्यकारिणी उपाध्यक्षमा लक्ष्मण न्युरे र धन बहादुर बडूवाल निर्वाचित भएका थिए । यसै गरी उपाध्यक्षमा कपिल सापकोटा, जानकी शाह, पवित्रा शाही र कलक बहादुर सिंह निर्विरोध निर्वाचित भएका थिए । शनिवार भएको पद हस्तान्तरण कार्यक्रममा महासचिवमा गोपाल प्रसाद चापागाईँ, कोषाध्यक्षमा पदम सापकोटा,सचिवमा वीरेन्द्र शाह र कानुनी सल्लाहकारमा भूपेन्द्र विक्रम कुँवर मनोनीत भएका छन् । घोडाघोडी जेसिजको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

वर्ष २०२३ का अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए। कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । यस्तै जेसिजले विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन २०२३ महासचिव कपिल सापकोटा र २०२४ महासचिव गोपाल प्रसाद चापागाईँले गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।