मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०१ Monday, November २३, २०२६

भ्रष्टाचार मुद्दामा दुई प्रमुख प्रशासकीय अधिकृतसहितका सबै कर्मचारीले पाए सफाइ

शेयर८.५K०

गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुई वटा र विष्टसहित सात, पाँच र छ जनामाथि तीन वटा मुद्धा दर्ता गरिएको थियो । जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसैगरी गोदावरी नगरपालिका, कैलालीमा विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरूमा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै २०७९ जेठ १३ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीसहित १० जनाविरुद्ध थप तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सफाई दिएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।