मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०५ Sunday, November २२, २०२६

नगद ८ हजार घुससहित नेपाल प्रहरीका एक असई पक्राउ

शेयर८.९K०

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्।

 बैतडी घर भई बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारी नगद ८ घुससहित पक्राउ परेका हुन।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।