मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२१ Monday, November २३, २०२६

आगलागी पीडित खड्काको परिवारलाई नगर सरकारको सहयोग

शेयर१०.६K०

कैलालीको घोडाघोडी नगरपालिकाले आगलागीमा परी घर क्षति भएको परिवारलाई राहत वितरण गरेको छ । वडा नम्बर ४ गैडाखेडा बग्धैरा टोल गाउँमा चुलो बाट सल्केर आगलागी भएको परिवारलाई राहत वितरण गरिएको हो । नगर प्रमुख खडक बहादुर रावत, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही र वडा सदस्यहरू सहितको टोली राहत सामाग्री लिएर बग्धैरा पीडित परिवारको घरमा पुगेको थियो ।आगलागी पीडित खड्काको परिवारलाई नगर सरकारको सहयोग

आगलागीमा परी घर क्षति भएका मान बहादुर खड्काको परिवारलाई त्रिपाल, चामल, दाल, तेल, नुन, चिनी, आटा, बल्याङ्केट र खाना बनाउने भाँडाकुँडी सामाग्रीहरू वितरण गरिएको छ । घटना प्रति नगर प्रमुख रावतले दुख व्यक्त गर्दै पोलेको घाउमा पालिकाले मलम लगाउने काम गरेको बताए ।आगलागी पीडित खड्काको परिवारलाई नगर सरकारको सहयोग

बिहीबार साँझ ६ बजे तिर घरको खाना बनाउने चुलो बाट आगो सल्केर मान बहादुर खड्काको घरमा आगलागी भएको थियो । स्थानीयहरूले आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागी हुँदा खड्काको घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट घरमा भएको खाद्यान्न लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको र करिब ५ लाख बराबरको क्षति भएको बताइएको छ ।आगलागी पीडित खड्काको परिवारलाई नगर सरकारको सहयोग

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।