मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०९ Monday, November २३, २०२६

सामाजिक कार्यमा सक्रिय सहारा 

शेयर८.७K०
कैलालीको पहलमानपुरमा रहेको सहारा युवा क्लब सामाजिक कार्यमा सक्रिय बनेको छ । जाजरकोटका भूकम्प पीडितलाई राहत सहयोग, बजारमा सडक दुर्घटना न्यूनीकरण देखि घोडाघोडी-४ का आगलागी पीडितलाई सहयोग सम्मका काम प्रशंसा गर्न लायक छन् ।
यति मात्र होइन क्लबले नि-शुल्क आँखा शिविर र पशु चौपाया व्यवस्थापनको प्रयास समेत गरेको छ । घाेडाघाेडा-४ गैडाखेडामा आगलागीबाट पीडित भएका मानबहादुर खड्काको परिवारलाई राहत सङ्कलन गरेर सहयोग छ ।
स्थानीय पहलमानपुर बजारका व्यापारी र नागरिकहरूको तर्फबाट एक पैसा अभियान चलाएर क्लबले दाल, चामल, पिठो, नुन तेल, साबुन, सोडा, डसना, कम्बल, ज्याकेट तथा भाँडाकुँडा हस्तान्तरण गरेको क्लबका सचिव छत्र बुढाले जानकारी दिए।
केही दिन अघि मात्रै पहलमानपुर बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जेब्रा क्रसिङ्ग र होडिङ्ग बोर्ड निर्माणमा ट्राफिक प्रहरी सँग सहकार्य गरेको थियो । अघिल्लो महिना क्लबले जाजरकोटका भूकम्प पीडितका लागि राहत सङ्कलन गरेर पठाएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।