मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५७ Sunday, November २२, २०२६

कैलालीमा सालकको खपेटा सहित २ जना पक्राउ 

शेयर१४.५K०
कैलालीको बर्दगोरिया गाउँपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा बिहीबार गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ११ किलोग्राम १ सय ग्राम खपेटा सहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर–८ बस्ने ३५ वर्षीय परशुराम चौधरी र जोशीपुर गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् । उनीहरूले सु.प.प्र. ०१–००८ प. ३५१२ नम्बरको मोटरसाइकलको बिचमा प्लाष्टिकको हरियो सेतो बोरामा खपेटा लुकाएर लगिरहेको अवस्थामा पक्राउ परेका हुन । उनीहरूलाई थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय पहलमानपुर बुझाएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।