मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३४ Sunday, November २२, २०२६

घोडाघोडीमा थप ४ दिन जाडो बिदा

शेयर१०.७K०

कैलालीको घोडाघोडी नगरपालिकाले जाडो बिदा थपेको छ । शुक्रवार नगर प्रमुख खडक बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले थप ४ दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक मात्रामा जाडो बढेपछि स साना बालबालिकाहरू विद्यालय जान असहज भएपछि यस अघि दिइएको २ दिन बिदामा थप ४ दिन बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले बताए ।

यस अघि नगरपालिकाले ४ र ५ गते जाडो बिदा दिने निर्णय गरेको थियो । अब घोडाघोडी नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू माघ १० गतेसम्म बन्द हुने छन् । पछिल्लो समय बाक्लो मात्रामा लागेको हुस्सु र शितलहरले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।घोडाघोडीमा थप ४ दिन जाडो बिदा

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।