मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१२ Monday, November २३, २०२६

स्थानीय सरकार, सेवा प्रदायक संस्था र उच्च शिक्षा संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी सुखडमा सम्पन्न

शेयर८.६K०

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ ।शनिवार घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न गोष्ठीमा नेपाल सरकार राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँल प्रमुख अतिथि रहेका थिए ।स्थानीय सरकार, सेवा प्रदायक संस्था र उच्च शिक्षा संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी सुखडमा सम्पन्नगोष्ठीमा विभिन्न स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो स्थानीय निकायको मुख्य समस्या तथा त्यसको निराकरणका लागी राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाँल र सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपिका भट्टलाई ध्यानाकर्षण गराएका थिए ।

घोडाघोडी नगरपालिकाका तर्फबाट नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष घनश्याम ओझाले नगरपालिकामा भए गरेका र अधुरा रहेका विकास निर्माणका विषयमा जानकारी गराएका थिए । भजनी नगरपालिकाको तर्फबाट भजनी नगरपालिका ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता विक्रम चौधरीले नगरपालिका भित्रको मुख्य समस्याका रूपमा बाढी तथा डुबानको समस्या भएकाले समाधानका लागी योजना आयोगले काम गर्न पर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका सहित भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका गरी कैलालीका ३ स्थानीय निकायका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  स्थानीय सरकार, सेवा प्रदायक संस्था र उच्च शिक्षा संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी सुखडमा सम्पन्न

गोष्ठीमा घोडाघोडी बहुमुखी क्याम्पसका अनुसन्धान विभाग प्रमुख डा.दीपकराज जोशीले सहभागीलाई देशको विकासका लागी कसरी काम गर्न सकिन्छ र आर्थिक कुराको व्यवस्थापन लगायतका विषयमा प्रस्तुति दिएका थिए ।

घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल सरकार राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँल प्रमुख अतिथि रहेका थिए, भने विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपिका भट्ट रहेकी थिइन। गोष्ठीमा घोडाघोडी बहुमुखी क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।