मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३८ Sunday, November २२, २०२६

मन्त्री देउवाद्वारा योजना कलर कोडको निरीक्षण  

शेयर८.८K०
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले डोटीमा रहेको योजनाहरूको कलर कोडको निरीक्षण गरेका छन् । प्रदेश सरकार मातहतका विकास निर्माणका आयोजनाको कोड सहित सूचना बोर्ड लगाउने निर्णय अनुसार प्रदेश सभा सदस्य चक्र मल्ल र शिव सिंह ओली सहितको टोलीले आइतबार डोटीमा रहेका योजना तथा कलर कोडको निरीक्षण गरेका हुन ।
देउवा प्रदेश सरकारका मन्त्री भएपछि पहिलो पटक आयोजनामा कलर कोड लागु गर्ने निर्णय गरेको थियो । जस अनुसार डोटीबाट खप्तड जाने सिलगढी–झिग्राना सडकमा सुरु गरिएको कलर कोडको निरीक्षण गरिएको हो ।  देशमा तीन तहका सरकारले आ-आफ्नै ढङ्गले विकासका काम गरिरहेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घले बनाएका योजनाहरू चिन्न सहज बनाउने उद्देश्यले कलर कोड लागू गरिएको मन्त्री देउवाले बताए । जस अनुसार प्रदेश सरकारले आफ्ना योजनामा छुट्टै कलर कोड लागू गरेको छ । यो कामले प्रदेश सरकारका बारेमा जनताले बुझ्न र जान्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।