मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४८ Sunday, November २२, २०२६

कञ्चनपुुरको बाँणीबाट एकजना बालक बेपत्ता

शेयर८.६K०

कञ्चनपुुरको बाणीबाट एकजना बालक वेपत्ता भएका छन । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकै छिनमा आउछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन ।
आईतबार दिउसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन । ओमप्रकाश की आमा साबित्री जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताईन ।
बाँणी प्रहरीले, दिउसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सिसि क्यामेरामा देखिएको बताएको छ । उनको मोबाईल ट्रयाक गर्दा उनी आईतबार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन ।
घरबाट महेन्द्रनगर समेत नगएका ओमप्रकाश दोधाराचाँदनी पुुगेपछि आफन्तहरु चिन्तित बनेका छन । बाँणी घर भएका ओमप्रकाश धनगढीको फाया नेपाल लाईनमा आफन्तसँग बस्ने र ३ दिनको स्कुल विदा भएकाले शुक्रबार बाँणी स्थित घर गएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।