मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०१ Monday, November २३, २०२६

नेपालगन्ज रिफर भएकी देवकी आर्थिक अभावले घरमै, सहयोगको अपिल 

शेयर११.७K०
आगोले जलेर अवस्था गम्भीर भई सेती अस्पतालले नेपालगन्ज रिफर गरेकी कैलालीको बर्दगोरियाकी ४८ बर्सिया देवकी न्यौपाने ओली आर्थिक अभावले घरमै थन्किएकी छन् । गत माघ ९ गते आगोमा परेपछि उनलाई सेती अस्पतालको आइसियुमा सात दिन भर्ना गरिएको थियो तर उनको अवस्थामा गम्भीर बन्न थाले पछि अस्पतालले नेपालगन्ज रिफर गरेको थियो ।
कमजोर आर्थिक अवस्थाकी उनको चन्दा सङ्कलन गरेर सेतीमा उपचार थालिएको हो । अहिले चन्दा उठेको रकम समेत सकिए पछि अन्यत्र लैजान समस्या भएको परिवारले जनाएको छ । पालिकाको वडा नम्बर-१ की उनको आगोका कारण छाती र कम्मरको बिच भागमा अत्यधिक जलेको छ । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किए पछि घरमा उनी एक्लै भएका कारण बढी जलन भएको हो ।
“जलेको भाग हेर्न सकिने अवस्था छैन । सेतीमा सात दिन राख्दा सहयोग उठेको सबै पैसा सकियो । अस्पतालले नेपालगन्ज नभए काठमाडौँ लैजाऊ भनेको छ । हामी सँग पैसा छैन । त्यसैले घरमै ल्याएर राखेका छौ ।” उनकी छोरी चन्द्रिका न्यौपानेले भनिन् ।
उनको ज्यान जोगाउन परिवारले सहयोगको अपिल गरिएको छ । उनको सहयोगका लागि स्थानीय लक्ष्मण सापकोटाको अगुवाइमा सहयोग सङ्कलन थालिएको छ । परिवारको बैङ्क खाता अभावमा सहयोगी मनहरूले सापकोटाको नाममा एभरेस्ट बैङ्कमा रहेको खाता नम्बर ०६८००५०१२०००२९ मा सहयोग गरिदिन वा मोबाइल नम्बर ९८४८५९७३७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।