मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०३ Sunday, November २२, २०२६

सुदूरपश्चिमलाई सूचनाको हकमैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री शाह

शेयर९.३K०

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

“सूचनाको हकको कार्यान्वयन गर्ने कुरा, पारदर्शिता र सुशासन कार्यम गर्ने कुरामा म तयार छु । देश भरिमा सुदूरपश्चिमलाई सूचनाको हकमा पहिलो र हकमैत्री प्रदेश बनाउने चाहाना छ । त्यसका लागि सूचनाको हकको लागि राष्ट्रिय महासंघ सित सहकार्य गर्न तयार छ ।” उनले भने ।

अधिवेशनमा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा प्रशिक्षण समेत गरेका थिए । सहभागीहरूले सूचनाको हकको प्रयोगमा भोग्नु परेका समस्या र चुनौतीका आफ्ना अनुभवहरू सुनाए । अधिवेशनले शुक्रवार नै प्रदेशको नयाँ कार्य समिति चयन गर्ने छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।