मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२४ Monday, November २३, २०२६

सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एक पत्रकार पक्राउ

शेयर११.१K०

कञ्चनपुरका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट पत्रकार पुस्कर भट्टलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक थापाले बताए ।

उनले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाउदै आएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।