मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:३६ Sunday, November २२, २०२६

विगत १५ वर्षदेखि सक्रिय पत्रकारितामा रहेका मिश्र सम्मानित

शेयर९K०

विगत लामो समय देखी पत्रकारिताका माध्यमबाट नागरिकलाई सु-सूचित पार्ने तथा समाजसेवामा विशेष योगदान पुर्‍याएको भन्दै पत्रकार प्रकाश मिश्र सम्मानित भएका छन् ।

शनिवार सुप इन्टरटेनमेन्ट हाउस प्रालीको आयोजनामा धनगढीमा आयोजित दोस्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्डको समापन समारोहमा पत्रकार मिश्रलाइ युवा समाजसेवी सम्मान -२०८० बाट सम्मान गरिएको हो ।

कैलालीको सञ्चार क्षेत्रमा लामो समयदेखिको क्रियाशील रहि नागरिकका आवाज बुलन्दरुपमा उठान गरेको ,पत्रकारिताको माध्यमबाटै सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका कारण पत्रकार मिश्रलाइ सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष अनुप चन्दले बताए ।

सम्मान ग्रहणपछि पत्रकार मिश्रले आफुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए । सम्मानपछि आफूलाई अझै जिम्मेवारी बढेको महसुस भएको भन्दै अझै सशक्त पत्ररितासंगै समाजसेवालाई निरन्तरता दिने मिश्रले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।