मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५४ Sunday, November २२, २०२६

एमाले कैलाली चुनाव : ३०० मत गणना, ढुङ्गानाको मतान्तर बढ्दै

शेयर१०.३K०

 नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना जारी छ । ३०० मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गानाले मतान्तर बढाएका छन् । उनको १४९ मत छ । त्यस्तै अर्का उम्मेदवार डेजी पाण्डेको ११४ र दुर्गा जोशीको ३२ मत रहेको छ ।

उपाध्यक्षमा दलबहादुर विष्टको १०१, लोकेन्द्र बहादुर शाहीको ९४, विष्णु बहादुर चौधरीको ६० र गजेन्द्र बहादुर स्वारको १२ मत रहेको छ ।

सचिवमा दानबहादुर विश्वकर्माको ८८, विष्णुकुमार चन्दको ७३ र ममता प्रसाद चौधरीको १२५ मत रहेको छ ।

उपसचिवमा चूडामणि भट्टको १२४,नृप थ्यायत खड्काको ५७ भुवन रिजालको ५९ र राजु गुरुङको ३६ रहेको छ ।

उपसचिव महिलामा गङ्गा कुमारी चौधरीको ९५, शान्ति देवी सिंहको ८४, अम्बिका विष्ट मल्लको ७४ र रत्ना कुवर जोशीको ४९ मत रहेको छ ।

आज ५७७ जनाले मतदान गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।