मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ५:५७ Monday, November २३, २०२६

भल्मन्सा चुनावमा पनि राजनीति प्यानल, अध्यक्षमा बुधराम र सचिवमा अमन चौधरी निर्वाचित

शेयर११K०

घोडाघोडी नगर स्तरीय भल्मन्सा कार्यसमितिको अध्यक्षमा बुधराम चौधरी निर्वाचित भएका छन्। अर्का उम्मेदवार फागुराम चौधरीलाई २५ मत अन्तरले पराजित गर्दै बुधराम निर्वाचित भएका हुन। बुधराम चौधरीले ४९ मत प्राप्त गरे भने फागुराम चौधरीले २४ मत प्राप्त गरे। बुधराम यस अघिका नगर भल्मन्सा समितिका अध्यक्ष समेत हुन। भल्मन्सा चुनावमा पनि राजनीति प्यानल, अध्यक्षमा बुधराम र सचिवमा अमन चौधरी निर्वाचितयस्तै सचिवमा वीरबहादुर चौधरीलाई पराजित गर्दै अमन चौधरी निर्वाचित भएका छन्। अमनले ४० मत ल्याए भने वीर बहादुरले २९ मत पाए। अमन वडा नम्बर १ का वडा सदस्य हुन।

नयाँ नेतृत्वको लागी राजनीतिक रूपमै प्यानल सहित दुई टिम निर्वाचनमा होमिएका थिए। बुधराम र अमन काँग्रेस निकट हुन भने पराजित हुने फागुराम र वीरबहादुर माओवादी निकट उम्मेदवार हुन्।

जम्मा ७५ मत खसेकोमा २ मत बदर भए। अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।