मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:५६ Sunday, November २२, २०२६

७९.२१ हेक्टरमा फैलिएको कैलालीको पुरैना तालको रेखाङ्कन गर्न सुरु

शेयर९.६K०

कैलाली । कैलालीको भजनी नगरपालिका ७ मा रहेको ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। वि.स २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो ।

त्यस बेलाको बाढीले ताल पुरिएरसँगै स्थानीयहरुको अतिक्रमणमा परेको यस ताललाई पुनर्जीवन दिनका लागि रेखाङ्कनको कार्य सुरु गरिएको हो।

तालको रेखाङ्कनको लागि डिभिजन वन कार्यालय पहलमानपुर र सबडिभिजन वन कार्यलयले तीन वर्षदेखि निरन्तर रूपमा पहल गर्दै आएका थिए। रेखाङ्कनका नापी कार्यालय कैलालीलाई डिभिजन वनले कर्मचारी खटाइदिन पटक-पटक पत्राचार समेत गरेको थियो। नापी कार्यालय कैलालीका प्रमुख जनकराज भट्टले पुरैना ताल रेखाङ्कनका लागि दुई जना अमिन कर्मचारी खटाएको र त्यस रेखाङ्कन कार्यलाई कार्यस्थल रूपमा सहकार्य नापी अधिकृत इन्द्र बहादुर देउवालाई जिम्मेवारी दिएको बताएका छन् ।

तालको रेखाङ्कनका लागि भजनी नगरपालिकाका जनप्रतिनिधि, स्थानीयहरू, सब डिभिजन वन भजनी, सामुदायिक वन समन्वय समितिसँग आवश्यक रूपमा पटक-पटक निरन्तर तीन वर्षदेखि छलफलपछि तालको नक्सा अनुसारको क्षेत्र रेखाङ्कन सुरु गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्ट, प्रहरी उपरीक्षक देवेन्द्र पाल, प्रमुख सेनानी रवी केसी, राष्ट्रिय अनुसन्धानका हरिष विष्ट लगाएतका वनका कर्मचारीहरू र जनप्रतिनिधिहरूले स्थलगत अनुगमन समेत गरेका थिए।

बसन्ता संरक्षित वन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिनमा परिणत भएको छ। पानी भएको कोर क्षेत्र ७९ दशमलव २१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो।

मोहना नदिमा २०६५ सालमा आएको बाढीले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो। पुनः २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा परिणत गरी दिएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।